२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफल : प्रचण्ड

Nada
२०८३ भदौ १७ गते १५:२०
Shares
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफल : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकमा आइपरेको महाविपद्को सामना गर्न सरकारले प्रभावकारी रूपमा जनपरिचालन गर्न नसकेको बताएका छन् ।

ncell

उद्धार र राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर प्रशंसनीय भूमिका निर्वाह गरे पनि सरकारले नागरिक समाज र आम जनतालाई विश्वासमा लिएर परिचालन गर्न नसकेको उनको टिप्पणी छ ।

संयोजक प्रचण्डले केवल सेनाको परिचालनले मात्र समस्याको वास्तविक समाधान नहुने उल्लेख गरे । उनले संघीय, प्रादेशिक र स्थानीय सरकारका साथै जनप्रतिनिधिहरूबीच आवश्यक समन्वय हुन नसकेकोमा चासो व्यक्त गरे ।

संयोजक प्रचण्डले विपद्को सुरुवाती दिनमा सरकारले देखाएको तत्परता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको आरोप समेत लगाए । 

फिल्डमा रहेका जनप्रतिनिधि र आम नागरिकको गुनासो उद्धृत गर्दै उनले सरकार उद्धार कार्यमा सफल हुन नसकेको दाबी गरे ।

uae

सम्बन्धित खबर