
काठमाडौं : नेको इन्स्योरेन्स लिमिटेडले विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
कम्पनीका सञ्चालक समिति सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्नस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
नेको इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद् प्रभावित समुदायको सहयोग र पुनर्नस्थापनाका कार्यहरूमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।