
काठमाडौं : भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । उक्त सहयोग रकमको चेक कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
कम्पनीले विपद् परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि भइरहेका सरकारी तथा मानवीय प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।