२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मञ्जुश्री फाइनान्सद्वारा ३० लाख सहयोग

Nada
२०८३ भदौ १७ गते २०:३७
Shares
मञ्जुश्री फाइनान्सद्वारा ३० लाख सहयोग

काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण प्राकृतिक विपद घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० लाख सहयोग हस्तान्तरण गरेको छ ।

ncell

प्रकृतिले ल्याएको विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले फाइनान्सले उद्धार कोषलाई उक्त रकम सहयोग गरेको हो ।

देशको भोटेकोशी तथा त्रिशुली नदिमा आएको भीषण बाढीका कारण जनधनको क्षति हुनुका साथै ठुलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने जनाएको छ ।

यस्तै विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै फाइनान्सले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास मञ्जुश्री फाईनान्सले लिएको छ ।

uae

सम्बन्धित खबर