२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सिन्डिकेटविरुद्ध संघ कार्यसमितिको संकल्प सार्वजनिक

Nada
२०८३ भदौ १८ गते ०६:१५
Shares
सिन्डिकेटविरुद्ध संघ कार्यसमितिको संकल्प सार्वजनिक

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरूले सिन्डिकेटविरुद्ध संघ कार्यसमितिको संकल्प सार्वजनिक गरेका छन् ।

ncell

संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्य गरी हस्ताक्षर गर्ने २१ जना प्रतिनिधिले व्यक्तिगत रूपमा तथा आफू सम्बद्ध इजाजतपत्रवाला संस्थामार्फत वैदेशिक रोजगार क्षेत्रमा हुने कुनै पनि प्रकारका सिन्डिकेट, एकाधिकार, कार्टेल वा अनुचित मिलोमतोमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने र हुन पनि नदिने सार्वजनिक संकल्पमा उल्लेख गरेका छन् ।

कुनै पनि आर्थिक प्रलोभन, व्यक्तिगत लाभ, भ्रम, षड्यन्त्र, दबाब वा धाकधम्कीका कारण व्यवसायीको साझा हित, समान अवसर र निष्पक्ष प्रतिस्पर्धाको पक्षमा उभिने आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने उनीहरूले बताएका छन् ।

मलेसियासँग सम्बन्धित सिन्डिकेट गतिविधिमा संलग्न रहेको आरोप लागेका केही व्यक्ति वा समूहले विभिन्न प्रलोभन तथा प्रभावको प्रयोग गरी व्यवसायीहरूलाई आफ्नो पक्षमा तान्ने र भ्रम फैलाउने प्रयास भइरहेको भन्ने जानकारीप्रति गम्भीर रहेको भन्दै उनीहरूले नेपालको संविधान, प्रचलित कानुन र राज्यका निकायहरूभन्दा माथि कुनै लोभ, लालच, भ्रम वा कथित पहुँचको प्रभावमा नपरी सिन्डिकेटको जालमा नफस्न र कसैको माध्यम नबन्न सचेत गराएका छन् ।

सम्पूर्ण व्यवसायीहरूलाई व्यवसायी एकता, समान अवसर र स्वस्थ प्रतिस्पर्धाको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दै उनीहरूले सिन्डिकेटधारीहरूलाई कमजोर बनाउनुपर्ने निर्णायक समयमा व्यवसायी एकता कमजोर पार्ने र आफ्नो छाता संघप्रति अविश्वास गरी अनावश्यक प्रचार र प्रहार गर्ने–गराउने कुनै पनि प्रयास अन्ततः सिन्डिकेटकै पक्षमा हुने र सिन्डिकेटधारीहरूले नै गर्ने–गराउने गरेको भन्ने आफूहरूको ठहर रहेको उनीहरूले संकल्पमा उल्लेख गरेका छन् ।

uae

सम्बन्धित खबर