२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

विभागको नयाँ महानिर्देशकमा ढकाल, आचार्य मन्त्रालय तानिइन्

Nada
२०८३ भदौ १८ गते ०६:२०
Shares
विभागको नयाँ महानिर्देशकमा ढकाल, आचार्य मन्त्रालय तानिइन्

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले विभागकी महानिर्देशक मिरा आचार्यलाई परिवर्तन गरी सहसचिव नवराज ढकाललाई पठाएको हो ।

ncell

ढकाल प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको जनगुनासो सुन्ने ‘हेलो सरकार’मा कार्यरत रहेका थिए । आचार्यलाई श्रम मन्त्रालयमा जिम्मेवारी दिइएको छ ।

तत्कालीन महानिर्देशक कमलप्रसाद भट्टराईको मधेश प्रदेशमा सरुवा भएपछि गत माघमा सहसचिव आचार्यलाई महानिर्देशकको जिम्मेवारीमा पठाइएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा तानिएकी आचार्यले संसदीय समितिमा बयान दिएर आफ्नो बचाउ गरेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे बनिरहेको अवस्थामा नेपालमा हुने उडान कटौतीका कारण भारतीय विमानस्थलबाट कामदार उडाएको विषयमा म्यानपावर व्यवसायीलाई जरिवाना र कारबाही गरेपछि आचार्यको आलोचना भएको थियो ।

व्यवसायीले आचार्यको निर्णय व्यवसायीलाई अपराधीकरण गर्ने उद्देश्यले आएको भन्दै पटक–पटक सच्याउन आग्रह गर्दा उनले आफूले उक्त निर्णय परिवर्तन गर्न नसक्ने भन्दै जरिवाना र सचेत गराउने कारबाहीमा परेका व्यवसायीलाई चित्त नबुझेको भए श्रम मन्त्रालयमा पुनरावेदन गर्न सक्ने ठाडो जवाफ फर्काएको व्यवसायीहरू बताउँछन् ।

uae

सम्बन्धित खबर