२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भदौ २४ मा एसोसिएसन नेतृत्वको छिनोफानो

Nada
२०८३ भदौ १८ गते ०६:२५
Shares
भदौ २४ मा एसोसिएसन नेतृत्वको छिनोफानो

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वको वैधानिकताको छिनोफानो अर्को हप्ता हुनसक्ने देखिएको छ । उच्च अदालत पाटनले एसोसिएसनको गत असार ५ गते भएको अधिवेशनमा विजयी रामप्रसाद गैरे र पराजित किशोर केसीले दायर गरेका छुट्टाछुट्टै रिटलाई भदौ २४ गतेको पेशीमा एकैसाथ राख्न आदेश दिएपछि अन्यथा नभएको अवस्थामा उक्त दिन विवादको छिनोफानो हुने आकलन गरिएको छ ।

ncell

आफूलाई जिल्ला प्रशासन कार्यालयले अध्यक्षको जिम्मेवारी तोकेपछि कार्यसमिति र निर्वाचन समितिका संयोजकले दैनिक कामकाजमा अवरोध गरेको भन्दै केसीले दायर गरेको निषेधाज्ञा रिट ८२–डब्लुओ–२४१९ मा अध्यक्ष गैरेले दायर गरेको उत्प्रेषण रिट ०८२–डब्लुओ–००८९ सँग अन्तरसम्बन्धित रहेको भनी कानुन व्यवसायीले उल्लेख गरेकाले उल्लेखित रिट निवेदन प्रस्तुत रिट निवेदनसँग लगाउमा राखी नियमानुसार गरी पेश गर्नू भन्ने बुधबार आदेश भएको छ ।

यसअघि गत साउन २६ गते उच्च अदालत पाटनले एसोसिएसनको असार ५ गते सम्पन्न अध्यक्षको निर्वाचनसम्बन्धमा थप निर्णय तथा कामकारबाही नगर्नू, नगराउनू भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

uae

सम्बन्धित खबर