२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

Nada
२०८३ असोज २८ गते ११:३७
Shares
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा सहमहामन्त्रीमा विजय भएका छन् । लामा आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित विजय भएका हुन् ।

ncell

उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् ।

आदिवासी जनजातिकै महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए ।

यस्तै, जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा. गंगालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लिलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेका छन् ।

यस्तैगरी, जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ तीर्थ लामा ४ हजार ४२५, ई.अनुप श्रेष्ठ २ हजार ५५१, डा. प्रेमध्वज लामा २ हजार ५०५, कर्मा छेरिङ शेर्पा २ हजार ४०६, टेकप्रसाद गुरुङ २ हजार ९०, भीम श्रीस मगर २ हजार ४६, रामकृष्ण चित्रकार १ हजार ९८२, बुद्ध लामा १ हजार ९५६, गेल्जे लामा शेर्पा १ हजार ८१९, वंशलाल तामाङ १ हजार ७५६, अमृत गुरुङ १ हजार ६८९ र सुशील गुरुङ १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर