२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

Nada
२०८३ असोज २९ गते ११:५३
Shares
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ । 

ncell

सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा अन्य समूहको मतगणना धमाधम भइरहेको छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो । 

सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कूल खसेको ७ हजार १३ मतमध्ये ५४ मत बदर भएकामा थापाले ९४ दशमलव ६ प्रतिशत अर्थात् ६ हजार ५८४ मत पाए । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ५ दशमलव ४ प्रतिशत अर्थात् ३७५ मतमात्र पाए । 

त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । उपसभापति खुलामा डा चन्द्रकान्त भण्डारी ५३ दशमलव १ प्रतिशत मतसहित र ई मधु आचार्य ३३ दशमलव मतसहित निर्वाचित भए । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी २४ दशमलव ८ प्रतिशत मतसहित निर्वाचित भए । 

महामन्त्री खुलामा प्रदीप पौडेल५९ दशमलव ६ प्रतिशत तथा उदयशमशेर राणा ३२ दशमलव ८ प्रतिशत मतसहित निर्वाचित भए । महामन्त्री महिलामा डिला संग्रौला ४४ दशमलव ३ प्रतिशत मतसहित निर्वाचित भइन् । 

सहमहामन्त्रीका विभिन्न समूहमध्ये खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सहमहामन्त्री महिलामा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । आदिवासी जनजातितर्फ बहादुर सिंह लामा निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । 

विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ । केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ । केहीको परिणाम आउने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ। बाँकी समूहको गणना सम्पन्न गरी आज बेलुकासम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ ।

गत असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनको २३ गते मतदान भएको थियो । सभापतिको मत परिणाम २४ गते बिहानै आएको भए पनि अन्य पदको गणना द्रूत गतिमा हुन नसक्दा केही ढिलाइ भएको हो ।

ताजा खबर

सम्बन्धित खबर