
काठमाडौँ : नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) तर्फ डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । आलम ३ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन् ।
उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत पाएका छन् । तेस्रो भएका अतहर कमाल मुसलमानले ५५७ मत पाएका छन् ।
केन्द्रीय सदस्य(मुस्लिम) डा. अताबुल मंसुरी ३ हजार ३१७, मो. इर्शाद अन्सारी १ हजार ८६३ र अब्दुल रज्जाक गद्दी १ हजार ७११ मतसहित विजयी भएका हुन् ।
मुस्लिम महिलातर्फ जमिला खातुन २ हजार ८३५ र सनम वेगम २ हजार ११६ मत ल्याएर निर्वाचित भएका छन् ।