
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको हो । नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले १२० बलमा १३९ रनको शतकीय साझेदारी गरे । पौडेलले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाउँदा ऐरीले ३ चौका र ४ छक्कासहित ६९ रन जोडे ।
ओपनर देव खनालले ५७ रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर आशिफ शेख भने ७ रन बनाए । इशान पाण्डेले २९ रन बनाए ।