२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

टीभीएस एनटर्क डिस्क बीएस सिक्स एफआई सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते २२:१३
टीभीएस एनटर्क डिस्क बीएस सिक्स एफआई सार्वजनिक

काठमाडौं : टीभीएस मोटरको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो । 

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । सो भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरु पनि उपलब्ध छन् ।

साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र २ लाख ७९ हजार ९०० रहेको छ । टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । 

साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरुको लागि पहिलो चोइस हुने कम्पनीले जनाएको छ । एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरुले राइडरहरुलाई विशेष अनुभव प्रदान गर्नेछ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरुलाइ स्वभाविक रुपमा आकर्षित गर्नेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise