२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कारसहित सरकारको सम्मान

ADV
मध्यान्ह
२०८१ भदौ २० गते ११:३२
पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कारसहित सरकारको सम्मान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारको तर्फबाट ६५ लाख दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाई ६५ लाख नै दिने घोषणा गरेका हुन् ।

पेरिस पारा ओलम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन् ।

‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दक्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुराना कीतिमानहरू तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा शुरू भएको छ ।’

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

पलेशालाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले नगद पाँच लाख, एनसेलले १० लाख पुरस्कारसहित सम्मान गरेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise