२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व’

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १७:०९
‘जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व’

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमबहादुर महर्जनले जनताको जनधनको संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै नदी किनारामा बस्दै आएका काठमाडौँवासीको संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

आजको बैठकको विशेष समयमा सांसद महर्जनले भाडा उठाएर जीविकोपार्जन गर्ने काठमाडाैँवासीको कमजोर आर्थिक स्थितिप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । 

सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै निष्पक्ष छानबिनका लागि सरकारसँग माग गरे । उनले सामाजिक सञ्जालमा सरकारको गतिविधि गरेको आधारमा नागरिकलाई पक्राउ गर्न नहुने धारणा राखे  । सांसद पराजुलीले एपीवान टेलिभिजनमा जेबी राईको लगानीबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले नागरिकताको अधिकारबाट वञ्चित हुनु परेकाबारे ध्यानाकर्षण गराए । 

सांसद रोशन कार्कीले बागमती र सहायक नदीमा विगतमा निर्धारित मापदण्डमा दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर क्षेत्र खाली गर्ने, निर्माण निषेधित क्षेत्र तोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताइन् । उनले भनिन्, “यस फैसलाले हजाराैँ जनताको भविष्य डुबानमा पर्छ । छिट्टै पुनरावलोकन हुनुपर्छ ।”

ADVADV

सम्बन्धित खबर

Advertise