२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार

ADV
सुरेश भट्ट आश्रिन
२०८१ भदौ २४ गते २१:४४
पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार

कतार : पर्वत  समाज कतारले बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आगामी शुक्रबार हुने भएको छ । समाजले २६ अप्रिल २०२४ मा स्थापना गरेको अक्षयकोषको दीर्घकालीन योजनालाई थप मजबुत र चिरस्थायी बनाउन नेपालबाट चर्चित लोकदोहोरी गायिका प्रतिभा चापागाईं दोहा आउने भएकी हुन् । साथमा कतारमा रहेका स्थानीय कलाकारहरुको धमकेदार प्रस्तुति रहने पर्वत समाज कतारका वर्तमान अध्यक्ष रघु शर्माले जानकारी दिएक छन् । 

‘मानविय कार्यमा हजुर हामीको साथ, अक्षयकोषको स्थापना दीर्घकालीन  परियोजना’ भन्ने मुख्य उद्देश्यका साथ पर्वत समाज कतारको संरक्षकत्वमा रहेको बहुउद्देश्यीय अक्षयकोष संस्थाले कर्मभूमि कतार र जिल्लामा भइ परी आउने हरेक समस्याहरुको दिगो समाधान गर्ने  उद्देश्यले बहुउद्देश्यीय कोष निर्माणार्थ साँस्कृतिक कार्यक्रम आयोजना गरी रकम संकलनमा थप वृद्धि विकास गर्ने लक्ष्य राखेको छ । 

बहुउद्देश्यीय अक्षयकोष स्थापनाले जिल्लाका हरेक दुःख सुखमा संस्थाको उपस्थितिसहित सामाजिक संस्थाको दायित्व तथा कर्तव्य बुझाउने विश्वास लिएको छ । संस्थाले बहुउद्देश्यीय अक्षयकोष ‘प्रथम अधिवेशन’तथा विविध सांस्कृतिक कार्यक्रमको संयोजकमा छविलाल भट्टराईलाई कार्यभार दिएको छ ।

आगामी शुक्रबार १३ सेप्टेम्बर २०२४ का दिन सनैयास्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा प्रथम बहुउद्देश्यीय अक्षयकोषको अधिवेशन पश्चात् कोषले पूर्ण कार्यकारी समिति प्राप्त गर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise