भारत : भारतीय क्रिकेटर पृथ्वी श डोपिङमा दोषी पाइएका छन् । उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ८ महिनाको प्रतिबन्ध लगाएको छ । पृथ्वीसँगै अरु दुई खेलाडीलाई पनि बिसिसिआईले निलम्बित गरेको छ ।
कफ सिरपमा पाइने एक प्रतिबन्धित पदार्थ पृथ्वीले अन्जानमा सेवन गरेको बिसिसिआईको बयानमा उल्लेख गरिएको छ । उनले गएको फेब्र्रुअरी २२ मा इन्दौरमा सैयद मुश्ताक अली ट्रफीको एक खेलमा एन्टी डोपिङ्ग जाँचका लागि आफ्नो पिसाबको नमूना दिएका थिए ।
परीक्षणको क्रममा सो नमूनामा टर्बुटालाइन पाइएको र यो अन्तराएष्ट्रिय संस्था वाडाको प्रतिबन्धित पदार्थको सूचिमा पर्ने बिसिसिआईले उल्लेख गरेको छ । पृथ्वीले आरोप स्वीकार गरेको तर आफूले जानेर यो पदार्थ सेवन नगरेको बताएको बताएका छन् । उनले खोकी निको पार्नका लागि कफ सिरपका रुपमा सो पदार्थ सेवन गरेको बताएको बिसिसिआईले उल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies