२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुदूरपश्चिम प्रदेशले भदौ ३१ मा बजेट ल्याउने

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते १२:१४
सुदूरपश्चिम प्रदेशले भदौ ३१ मा बजेट ल्याउने

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज (शनिबार)पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।

मुख्यमन्त्री शाहले गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटसम्बन्धी कानुन फिर्ता लिएर नयाँ बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । वर्तमान सरकारले बजेट पुनः लेखन गरेको छ ।’

उनले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयार गरेको जानकारी दिए । २५ लाख भन्दामाथिका योजना राख्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरिएको उनले यसअघि नै सार्वजनिक गरेका थिए । 

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नव गठित सरकारले बजेट निर्माणमा जुटेको हो । यसअघिको सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट अलपत्र परेपछि यो प्रदेश दुई महिनादेखि बजेट शून्यताको अवस्थामा छ ।

ADVADV

सम्बन्धित खबर

Advertise