२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द

Nada
सपना बोहरा
२०८१ जेठ १७ गते १०:१२
Shares
अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द

दाङ : दाङमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु बन्द गरिएको छ । गर्मिका कारण विद्यार्थी बिरामी पर्न थालेपछि दाङका विद्यालयहरु बन्द गरिएको हो ।गर्मीका कारण बालबालिकाहरुमा बेहोस हुने, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिन थालेपछि अभिभावकहरुले नै विद्यालय बन्द गर्न सुझाव दिएका थिए । 

ncell

स्थानीय तहले भौगोलिक तापक्रम अनुसार विद्यालय बन्द गर्ने निर्णय गर्ने गरेको छ । बर्खे तथा अन्य बिदा कट्टी हुने गरी घोराही उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा पाँच दिन बिदा दिने निर्णय गरिएको । सामाजिक विकास महाशाखाले एक सूचना जारी गरी विद्यालय पाँच दिन बन्द रहने जनाएको छ । १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने महाशाखाले जनाएको छ ।

त्यस्तै बबई गाउँपालिकाले जेठ १८ देखि अर्को सूचना जारी नगर्दासम्म, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपाललिकाले जेठ १८ देखि २२ गतेसम्म, लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले जेठ १७ र १८ गते तथा गढवा गाउँपालिकाले जेठ १७ देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

दाङमा २०७० सालपछि अहिलेसम्मकै धेरै अधिकतम तापक्रम ४०.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ ।

सम्बन्धित खबर