२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूह सीमा वेष्टइन्डिजको तेस्रो जीत 

ADV
मध्यान्ह
२०८१ जेठ ३१ गते ११:१४
आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूह सीमा वेष्टइन्डिजको तेस्रो जीत 

काठमाडौं- आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीत हात पारेको छ ।  जीतसहित वेष्टइन्डिज सुपर ८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा भएको खेलमा वेष्टइन्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गरेको हो । 
१५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, ड्यारिल मिचेलले १२, रचिन रवीन्द्र र जेम्श निसमले १०र१०, ट्रेन्ट बोल्टले ७ तथा डेभोन कोन्वेले ५ रन बनाएर आउट भए । मिचेल स्यान्टनर २१ रनमा अविजित रहे । वेष्टइन्डिजका अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसैन र आन्द्रे रसेलले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको थियो ।

खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए । अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३,  ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एकरएक विकेट लिए ।

यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्ड भने यसअघि पनि  अफगानिस्तानसँग पराजित भएको थियो । यासँगै वेष्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुग्दा अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ । समूह सीबाट सुपर(८ मा पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise