काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो चार सय ग्राम सुन बरामद भएको छ । हिमालयन एयरवाट कतारको दोहा हुँदै काठमाडौं आएका तनहुँ चिपचिपेका होमबहादुर गुरुङको साथवाट प्रहरीसे सुन बरामद गरेको हो ।
मसला पिँध्ने ओखलमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । प्रहरीले सुन लिन गएका मोरङ पथरी दुईका अनिल लुइँटेल र मोरङ पथरी नौका भोजराज घिमिरेलाई पनि पक्राउ गरेको छ ।
गुरुङलाई भरियाको रुपमा तस्करीमा प्रयोग गरिएको प्रहरीले अनुमान गरेको छ । पक्राउ परेकालाई प्रहरीले विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । केही दिन अघि पनि प्रहरीले मासु काटने छुरीको बिँडमा लुकाएर ल्याएको अवस्थामा चार सय असी ग्राम सुन बरामद गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies