२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते ११:३३
पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

काठमाडौं- अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए ।  यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे । त्यसैगरी अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे । पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि  किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए ।  एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए ।


 

ADVADV

सम्बन्धित खबर

Advertise