२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

असोज १४ मा कुनै पनि अभिमुखीकरण तालिम हुन नसक्ने

ADV
२०८१ असोज १२ गते ०६:३५
असोज १४ मा कुनै पनि अभिमुखीकरण तालिम हुन नसक्ने

काठमाडौं : वैदेशिक रोजगार विभागले असोज १४ गते कुनै पनि अभिमुखीकरण तालिम सञ्चालन हुन नसक्ने बताएको छ । असोज १५ गतेदेखि वैदेशिक रोजगार अभिमुखीकरण तालिममा अनिवार्यरूपमा आइरिस प्रणाली लागू गर्ने योजना बनाएको विभागले असोज १४ गते श्रम स्वीकृति प्रणालीलाई आइरिस प्रणालीमा स्तरोन्नति ‘अपग्रेड’ गर्ने बताएको छ ।

विभागले असोज १४ गते प्रणालीमा अपग्रेड गरेपछि १५ गतेदेखि अनिवार्यरूपमा आँखाको रेटिना रेकर्ड गर्ने ‘फेसटाइम एटेन्डेन्ट एण्ड आइरिस रेकोग्निसन सिष्टम’ लागू गर्ने जनाएको छ । फेसटाइम एटेन्डेन्ट एण्ड आइरिस रेकोग्निसन सिष्टम लागू भए अभिमुखीकरण तालिमको कक्षा शुरू र समाप्त भएको एक घण्टाभित्र प्रत्येक दिनको हाजिरी फेमिसमा प्रवेश गराइसक्नुपर्ने विभागले जनाएको छ ।

विभागले यसअघि असोज १३ गतेदेखि आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिष्टमदेखि देशगत कलष्टर लागू गरिने जनाएको थियो । उक्त निर्णय लागू गराउनेबारेमा श्रममन्त्रीस्तरमा गत साउन २९ गते नै निर्णय भएपनि व्यवसायीले तयारी नपुगेको भन्दै समय माग गरेका थिए । केही अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई कक्षामा उपस्थिति नै नगराउने गुनासो बढेपछि मन्त्रालयले आइरिस रेटिनाको व्यवस्था गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise