काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ आज नेपाल आउँदै छन् । सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधव नेपालको निमन्त्रणामा सोङ नेपाल आउन लागेका हुन् ।
उनी आजै साँझ सत्तारुढ नेकपाले काठमाडौंमा आयोजना गर्न लागेको अन्र्तक्रिया कार्यक्रममा सहभागी हुनेछन । अन्र्तक्रियामा नेकपाका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र सोङले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुई कार्यपत्र प्रस्तुत हुनेछन् ।
अन्तरक्रियामा चिनियाँ नेताहरूले त्यहाँको कम्युनिस्ट पार्टीको नीति, विचार र पछिल्लो विकास मोडललगायत विषयमा नेकपाका नेताहरूसँग अनुभव साट्ने बताइएको छ । कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै चालिस जना प्रतिनिधि काठमाडौं आइसकेका छन् । चीनको राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणअघि वृहत् रुपमा अन्तरक्रिया गर्न लागिएको हो ।
पछिल्लो समय सत्तारुढ नेकपाले चिनिया कम्युनिष्ट पार्टीको सी विचारधारालाई अघि बढाउने तयारी थालेको छ । भ्रमणकै क्रममा मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्धका लागि समझादारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies