२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

मष्टा गाउँपालिकाका निवर्तमान वडाध्यक्षको निधन

Nada
रुपक खड्का
२०८१ जेठ ३२ गते २१:५४
Shares
मष्टा गाउँपालिकाका निवर्तमान वडाध्यक्षको निधन

बझाङ : बझाङको मष्टा गाउँपालिका ५ का निवर्तमान वडाध्यक्ष कम्मान आग्रीको निधन भएको छ ।

ncell

स्वच्छ छवि भएका भद्र, सालीन नेताका रूपमा परिचित आग्रीको केही महिना अघि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको निर्सिङ अस्पतालमा उपचार गराएर घर फर्किएका उनको शुक्रबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेबाट निर्वाचित भएका उनी दलित समुदायका पहिलो वडा अध्यक्ष समेत रहेका थिए ।

समाज रुपान्तरणमा सधैं अग्रसर देखिने आग्री दलित समुदायमा हुर्केपनि उनको सोच भने निकै दुरदर्शी देखिन्थ्यो । उनका गाउँका एकजना युवाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सबै मानिस एउटै हौं । मान्छे फरक हुँदैन भनेर समाजमा एकता कायम राख्ने उहाँका कामलाई हामी सधैँभर स्मरण गरिरहनेछौं ।’ 

गाउँघर छरछिमेकसँग कुनै स्वार्थ नलिएर उल्टै समाजको विकासका लागि केही गर्नुपर्छ भन्ने भावना भएका पूर्व वडाध्यक्षको ५४ वर्षको अकल्पनिय निधनले गाउँबस्ती नै शोकमा रहेको स्थानीय गणेश बुढाले बताए ।

त्यस्तै आग्रीको निधनपछि गहिरो दुःख व्यक्त गर्दै मष्टा गाउँपालिका गाउँकार्यापालिकाको कार्यालयले एक सरल र त्यागी नेतृत्व गुमाएको भन्दै विज्ञप्तिमार्फत समवेदना प्रकट गरेको छ ।

उनको शनिबार बिहान भोपुरको सिम्भाडि आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर