एजेन्सी : रुस आगामी बर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । समूह चरणको खेलमा गएराति साइप्रसलाई ५-० ले पराजित गर्दै रुसले सन २०२० को युरोकपमा स्थान बनाएको हो । रुसका लागि डेनिस चेरसेवले दुई, मेगोमेड ओजदोयेव, आर्टेम डेजुबा, अलेक्सा गोलोविनले एक–एक गोल गरे ।
पोल्याण्डले पनि युरोकप फुटबलमा स्थान पक्का गरेको छ । समूह जी मा रहेको पोल्याण्डले गएराति नर्थ मेसेडोनियालाई दुई शुन्यले पराजित गरेर समूहको शीर्ष दुईमा रहदै युरोकप यात्रा तय गरेको हो ।
पोल्याण्डलाई जिताउन रोबर्ट लेवान्डोस्की र अर्काडियस मिलिकले एक–एक गोल गरे । युरोकपका लागि अहिलेसम्म चार देश छनौट भएका छन् । यसअघि बेल्जियम र इटालीले युरोकपमा स्थान बनाइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies