– ज्ञानेन्द्ररत्न वज्राचार्य
हुने भयो मन्त्रीमण्डलको पूर्णंता दुई महिना पछि
गठबन्धन सरकार उदायो जोतिषीको साइत जुरेपछि ।
मन्त्रीमण्डलबाट पारित साझा समृद्ध बनाउने खाका
बामे सरियो बल्लतल्ल गठवन्धनको संयुक्त भाका ।
झुसेल किराको पारा भयो यो गठवन्धनको सरकार
हिडाईंमा नै गति छैन कस्तो यो धिलो सरकार ।
मन्त्री हुँदाको सगुन बधाई नथापि सुखै पाईंदैन
चाकडि चाप्लुसिहरुको कुरा पनि नसुनि हुँदैहुँदैन ।
मन्त्रालय के हो ? बुझ्नलाई अर्को एक महिना
विगतका कर्तूत् सच्याउनलाई थप दुई महिना ।
यसोतसो दिन गएको र बितेको चालै पाउँदैन ।
दशै तिहार चाडपर्व मनाउनै पर्याे समय पर्खिंदैन ।
ठूलो आशा जनताको समग्र देशको मुहार फेर्ने ।
संयुक्त साझा कार्यक्रम कार्यान्वयन कहिले हुने ?
स्थानीय चुनाव नजिकिँदै छ चुनाव हुनै पर्याे
आफ्नो मत् मजबुत बनाउन सक्रिय हुनै पर्याे ।
चुनावी मत परिणामसम्म खटिन्छ तीन महिना
सोच अनुरुपको ेपरिणामले थाकिन्छ एक महिना ।
त्यसपछिको समयावधि आफ्नै अवधि सकिन्छ
समृद्धिको साझा खाका देखाउने दाँत त्यो तुहिन्छ ।
गठवन्धन सरकारलाई हृदयदेखिको जनको विनम्र छ
मात्रात्मक फन्कोले गुनात्मक परिवर्तनको धोको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies