– किशोर कोइराला
ऐना अगाडि बस्दा जो दाग देख्न थाल्छ ।
पुछ्दैन दाग आफ्नो ऐना झिकेर फाल्छ । ।
आफैँ म राख्छु कनिका के काम कृष्णलाई,
भन्दै थिए सुदामा तर कृष्ण फाँको हाल्छ । ।
पाण्डव विवश भएको आक्रान्त त्यो सभामा ।
शठ कर्ण द्रौपदीको इज्जत स्वयम् उछाल्छ । ।
रिस रागले कसैको उपकार हुन्न भन्दा,
सुन्दैन कंश आफैँ आफ्नो रगत उमाल्छ । ।
पत्थर पुजेर हरदम श्रद्धा सुमन चढाए,
ईश्वर स्वयम् प्रकट भई कल्मष सबै पखाल्छ । ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies