२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

प्रादेशिक बजेट : कर्णालीको कम, बागमतीको धेरै

ADV
मध्यान्ह
२०८१ असार २ गते ०६:५५
प्रादेशिक बजेट : कर्णालीको कम, बागमतीको धेरै

काठमाडौं : संवैधानिक व्यवस्थाअनुसार असार १ गते सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्ष(आव) को बजेट ल्याएका छन् । शनिबार सबै प्रदेशका आर्थिक मामिला हेर्ने मन्त्रीहरुले आगामी आवका लागि साढे २ खर्ब बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

प्रदेश सरकारहरुले चालु खर्चको तुलनामा पुँजीगत खर्चको आकार ठूलो राखेर बजेट बजेट प्रस्ताव गरेको देखिन्छ । आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको आकार मध्ये सबैभन्दा ठूलो बागमती प्रदेशको देखिएको छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशले ल्याएको छ ।

कोशी प्रदेशले चालुतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ र स्थानीय तहका लागि वित्तीय हस्तान्तरण चार अर्ब ५८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मधेश प्रदेशले आगामी आवका लागि चालु खर्चतर्फ १६ अर्ब ७ लाख र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशले आगामी आवका लागि चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख, पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख विनियोजन गरेको छ । 

गण्डकी प्रदेश सरकारले चालुखर्चतर्फ  १३ अर्ब १६ करोड पाँच लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ५१ करोड ७९ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरेको छ ।

कर्णाली प्रदेश पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार, चालूतर्फ ७ अर्ब ५७ करोड ५५ लाख, वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशले आगामी आवका लागि चालुतर्फ ११ अर्ब सात करोड १९ लाख, पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख, अन्तरकसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत दुई अर्ब ९२ करोड ७० लाख र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise