२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

वैदेशिक रोजगार क्षेत्रमा सरकारको सयदिने उपलब्धि के–के ?

ADV
२०८१ कार्तिक ८ गते ०६:४०
वैदेशिक रोजगार क्षेत्रमा सरकारको सयदिने उपलब्धि के–के ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारको आश्रति परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने काम ठूलो उपलब्धि  भएको बताएका छन् । बुधबार सरकारको एक सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम ७ लाखबाट १० लाख रुपैयाँ पुर्‍याइएको उल्लेख गरे ।

मन्त्रिपरिषद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा दशैंअघि उक्त निर्णय गरेको थियो । त्यसैगरी बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ । विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई ‘वर्क परमिट’ उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले त्यसलाई पनि सय दिनको उपलब्धिमा समेटेका छन् । 

यसअघि श्रममन्त्री शरतसिंह भण्डारीले पनि आफ्नो प्रगति विवरणमा १० लाख क्षतिपूर्तिलाई उपलब्धिका रूपमा सार्वजनिक गरेका थिए । यसका अतिरिक्त सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको मन्त्री भण्डारीले बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र क्षेत्रीय विमानस्थल, पोखरा सञ्चालनमा सहजीकरणका लागि सोही स्थानबाट श्रम स्वीकृतिलगायतका कार्य शुरु गर्ने तयारीलाई पनि मन्त्री भण्डारीले उपलब्धिमा समेटेका छन् । 

मन्त्री भण्डारीले १६औं योजनाका लक्ष्य प्राप्तिका लागि मन्त्रालयले लिनुपर्ने नीति र रणनीतिका सम्बन्धमा प्रदेश र स्थानीय तहसँग छलफल गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई बिना धितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधिको अन्तिम मस्यौदा तयार भइ स्वीकृतिको चरणमा रहेकोे बताएका छन् । तर वैदेशिक रोजगार व्यवसायी लामो समयदेखि उठाउँदै आएका सेवा शुल्क  परिमार्जन र युरोपेली मुलुकहरूबाट मागपत्र प्रमाणीकरणमा गरिएको ढिलाइप्रति भने प्रधानमन्त्री ओली र मन्त्री भण्डारीको प्रगति विवरणमा केही उल्लेख गरिएको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise