२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

ज्योति विकास बैंकका ग्राहकहरुले स्काईवाकमा छुट पाउने

ADV
मध्यान्ह
२०८१ कार्तिक १२ गते २०:५२
ज्योति विकास बैंकका ग्राहकहरुले स्काईवाकमा छुट पाउने

काठमाडौं : ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई स्काईवाक नेपालमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित स्काईवाक नेपालमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । 

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काईवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरुले स्काईवाक नेपालका भ्यूटावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन् । स्काईवाक टावरबाट काठमाडौंको दृष्यावलोकन गर्न सकिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise