रुकुम पश्चिम : "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ बाँफिकोटमा पहिलो पटक फुटबल प्रतियोगित शुरु भएको छ । वीरेन्द्र माध्यामिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता शुरु भएको हो ।
नेपालीहरूको महान चाड शुभ दिपावलीको अवसरमा आयोजित खुला वडास्तरीय फुटबल प्रतियोगितामा १३ टिमले प्रदिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १२ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयले जनाएको छ । सह-आयोजकको रुपमा कालिका युवा क्लब बाँफिकोट गाउँपालिका वडा नं- ४ रहेको छ भने समवन्य बाँफिकोट गाउँपालिका रुकुम पश्चिमकाे रहेको छ ।
मंगलबार एक कार्यक्रमका बीच बाँफिकोट गाउँपालिकाकी उपाध्यक्ष तारा बुढा केसीले खुट्टाले बल हानेर प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
वडा नं. १० का वडाध्यक्ष हरि बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुढा केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष धनबहादुर खत्री, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसी, समाजसेवी गोर्ख कुसारीलगायतको उपस्थिति रहेको थियो ।