२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जेठ महिनामा घरजग्गाको कारोबार बढ्यो

ADV
मध्यान्ह
२०८१ असार ३ गते २०:२५
जेठ महिनामा घरजग्गाको कारोबार बढ्यो

काठमाडौं : जेठ महिनामा घरजग्गाको कारोबार केही बढेको छ । गत वर्ष जेठ महिनाको तुलनामा चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गाको कारोबारमा केही वृद्धि भएको हो । गत वर्ष जेठ महिनामा ५५ हजार ७९ घरजग्गाको लिखत पास भएकोमा चालु आर्थिक वर्षको जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गा र ३० वटा अपार्टमेन्टको लिखत पास भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

तथ्यांकअनुसार अघिल्लो वर्षको जेठको तुलनामा यो वर्षको जेठमा छ हजारभन्दा बढी घरजग्गाको लिखत पास भएका हुन् । साथै चालु आर्थिक वर्षको वैशाखम महिनाको तुलनामा पनि जेठमा कारोबार वृद्धि भएको तथ्यांकले देखाएको छ । वैशाखमा ४९ हजार ७८२ वटा लिखत पारित भए भने २८ वटा अपार्टमेन्टको लिखत पारित भएको थियो ।

तथ्यांकअुनसार चालु आवको साउनदेखि जेठसम्म आइपुग्दा घरजग्गाको कारोबारमा क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । २०८० साउन महिना देखि कात्तिक महिनासम्म घरजग्गाको कारोबार ह्वात्तै घटेको देखिन्छ । २०८० साउन महिनामा ३९ हजार २६२ वटा घरजग्गा तथा २९ वटा अपार्टमेन्ट, भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा तथा ४५ वटा अपार्टमेन्ट, असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गा तथा ३८ वटा अपार्टमेन्ट, कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गा तथा २२ वटा अपार्टमेन्टको लिखत पारित भएको भएको थियो । 

त्यस्तै, मंसिर महिनापछि भने घरजग्गाको कारोबार विस्तारै बढ्न थाल्यो । मंसिर महिनामा ४१ हजार ८५१, पुस महिनामा ४५ हजार २७५, माघ महिनामा ५० हजार ९२१, फागुन महिनामा ५० हजार ९९८, चैत महिनामा ५० हजार २५२ र बैशाख महिनामा ४९ हजार ७८२ वटा घरजग्गाको लिखत पारित भएको देखिन्छ । घरजग्गाको कारोबारमा वृद्धि भएसँगै सरकारले आम्दानी गर्ने पुँजीगत लाभकरमा पनि वृद्धि भएको छ । २०८० जेठमा सेवा करबापत २८ करोड ४० हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब २८ करोड ८ लाख ८४ हजार रुपैयाँ संकलन भएको थियो भने जेठ महिनामा सेवा करबापत ३२ करोड ३८ हजार रुपैयाँ र पुँजीगत लाभकर एक अर्ब ५६ करोड ८८ लाख ८७ हजार रुपैयाँ संकलन भएको तथ्यांकले देखाएको छ ।

पुँजीगत लाभकरबापत साउन महिनामा एक अर्ब एक करोड ३१ लाख रुपैयाँ, भदौ महिनामा एक अर्ब नौ करोड २९ लाख रुपैयाँ र असोज महिनामा एक अर्ब ४६ करोड ९५ लाख रुपैयाँ संकलन भएको थियो । त्यस्तै, कात्तिक महिनामा ७७ करोड नौ लाख रुपैयाँ, मंसिर महिनामा ९६ करोड ४५ लाख रुपैयाँ, पुस महिनामा एक अर्ब १० करोड नौ लाख रुपैयाँ सरकारले आम्दानी गरेको थियो । माघ महिनामा पुँजीगत लाभ करबापत एक अर्ब १९ करोड ९६ लाख रुपैयाँ, फागुन महिनामा एक अर्ब २८ करोड ५० लाख रुपैयाँ, चैत महिनामा एक अर्ब ४६ करोड ९१ लाख रुपैयाँ र वैशाख महिनामा एक अर्ब ३९ करोड ९० लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise