काठमाडौँ : जारी चार देश सम्मिलित वुमन्स-डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदै छन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।
हालसम्म खेलेका पाँचमध्ये नेपाल चार खेलमा पराजित भएको छ । यससँगै नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।
नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।