रोल्पा : रोल्पाको माडी गाउँपालिका–३ दाङबाङ रोल्पामा रहेको समृद्धि युवा क्लबलाई स्थानीय दुई युवाले दुई लाख नगद सहयोग गरेका छन् ।
क्लबका सल्लाहाकार तथा तीनचुले बहुउद्देश्यीय कृर्षि तथा पशुपन्छि फर्म घोराही उपमहानगरपालिका–१२ का संचालक बलबहादुर घर्तीमगरले क्लबलाई एक लाख नगद सहयोग गरेका छन् । यस्तै माडी गाउँपालिका –३ दाङबाङकै युवा व्यवसायी तथा राजनीतिक कार्यकर्ता निर्मल घर्तीमगरले पनि एक लाख रुपैयाँ सहयोग गरेका छन । क्लबको खेलकुद मैदान निर्माण गर्न उनीहरूले आर्थिक सहयोग गरेको बताएका छन् ।
गाउँको समग्र खेलकुद क्षेत्रको विकासका लागि आफूले सहयोग गरेको क्लबका सल्लाहाकार बलबहादुर घर्तीमगरले जानकारी दिए ।
राज्यले ग्रामीण क्षेत्रमा पनि खेलकुदमा लगानी गर्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले सहयोग गरेको राप्रपाका सदस्य समेत रहेका निर्मल घर्तीमगरले बताए ।
‘राज्यले खेलकुद क्षेत्रको विकासका लागि युवाहरूलाई प्रत्यक्ष छुने गरी नीति, योजना र बजेट दिनुपर्छ,’ उनले भने ।