२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

त्रियुगा १२ मा ६५.६७ र बेलका ९ मा ६०.१० प्रतिशत मत खस्यो

ADV
बिन्द्र राई
२०८१ मंसिर १६ गते २०:४२
त्रियुगा १२ मा ६५.६७ र बेलका ९ मा ६०.१० प्रतिशत मत खस्यो

उदयपुर : उदयपुरमा उपनिर्वाचन उत्साहका साथ शान्तिपूर्ण  सम्पन्न भएको छ । तोकिएकै समयमा त्रियुगा १२ र बेलका ९ मा  बिहान ७ बजेदेखि शुरु मतदान बेलुका ५ बजेसम्म भएको थियो । 

जिल्ला निर्वाचन अधिकारी दिपक दाहालका अनुसार रिक्त २ वडाध्यक्षका लागि भइरहेको चुनावमा त्रियुगा नगरपालिका १२ मा २ हजार  ५ सय २७  मत  खसेको थियो  । कुल ३ हजार ८ सय ३६ मतदाता मध्ये  खसेको ६५.६७ मत प्रतिशत हो ।

त्यसैगरी बेलका नगरपालिका ९ मा १ हजार ८  सय ८५ मत खसेको थियो । त्यहाँको कुल मत संख्या ३ हजार १ सय ३६ मध्ये खसेको यो ६०.१० प्रतिशत हिस्सा हो । दुबै केन्द्रमा मतदान कार्य बिहान ७ बजेदेखि शुरु भएको र निर्वाध सुचारु भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्रियुगा १२ मा ०७९ को चुनावको स्थितिलाई मध्येनजर गरेर यसपटक विशेष सुरक्षा सतर्कता अपनाइएको छ । अघिल्लो चुनावमा एक्कासी विवाद उत्पन्न हुँदा मतदान कार्य स्थगित भएर आधा मतदाता मतदानबाट वञ्चित हुन पुगेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise