काठमाडौं : आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ । लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन् । चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका साथमा अभिनेत्री स्वस्तिमा खड्काले गीतमा नृत्य गरेका छन् ।
नेताको भूमिकामा रहेका दीपकले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य समावेश छ, जसले नेपालका राजनीतिज्ञप्रति व्यंग गरेको छ । यो दृश्यले फिल्म राजनीतिक विषयमा निर्माण भएको बुझाउँछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies