२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

इन्द्रेणी पाठशाला : तीन वर्षमै शिक्षाको उत्कृष्ट गन्तव्य

ADV
प्रदिप सिंह
२०८१ मंसिर १९ गते २०:५६
इन्द्रेणी पाठशाला : तीन वर्षमै शिक्षाको उत्कृष्ट गन्तव्य

लहान : सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० स्थित इन्द्रेणी पाठशाला तीन वर्षको छोटो समयमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ । विद्यालयले धनगढी र वरिपरिका अभिभावकहरूको विश्वास जित्दै हाल हजारौँ विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

विद्यालयले दैनिक एसेम्ली कार्यक्रममा क्वीज प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नियमित रूपमा पुरस्कार वितरणको परम्परा सुरु गरेको छ । प्रधानाध्यापक मुक्तिलाल सहनीका अनुसार यसले विद्यार्थीहरूमा उत्साह र प्रतिस्पर्धाको भावना थपेको छ ।

इन्द्रेणी पाठशालाले प्रविधिमैत्री शिक्षा प्रणालीलाई अँगाल्दै विज्ञान र प्रविधिमा आधारित पठनपाठनलाई प्राथमिकता दिएको छ । विशेषतः कक्षा ८, ९, र १० का विद्यार्थीहरूलाई विद्यालयले कृषि र स्वावलम्बनका लागि व्यवहारिक तालिम प्रदान गरिरहेको छ ।

विज्ञान शिक्षक मुकेश कुमार शाहको नेतृत्वमा विद्यार्थीहरूले मसरूम खेतीका प्रयोगात्मक तालिम लिएर मात्र २३ दिनमा सफल उत्पादन गरेका छन् । यसले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र उद्यमशीलता सम्बन्धी ज्ञान प्रदान गर्दै भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।

विद्यालयले आफ्नो नवप्रवर्तनशील अभ्यास र गुणस्तरीय शिक्षाका कारण अभिभावकहरूको मन जित्न सफल भएको छ । आधुनिक प्रविधि, व्यावहारिक तालिम, र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले गर्दा यो विद्यालय धनगढी क्षेत्रको शैक्षिक गन्तव्य बन्न पुगेको छ ।

इन्द्रेणी पाठशालाले शिक्षा मात्र होइन, जीवन उपयोगी सीप र प्रविधिमैत्री दक्षता प्रदान गर्दै आएको छ । यही कारणले यो विद्यालय छोटो समयमा नै क्षेत्रीय शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ । इन्द्रेणी पाठशालाले समाजमा शिक्षा र विकासको नयाँ आयाम थप्दै सकारात्मक प्रभाव पारिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise