लहान : सिरहाको लहानस्थित हिमालय विद्या निकेतनले वार्षिक सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ । विद्यार्थीहरूमा धर्म, संस्कृति र परम्पराको संरक्षणप्रति चेतना जगाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले परम्परागत पहिरन र परिकारहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादव थिए भने विशिष्ट अतिथिहरूमा पूर्व मेयर प्रकाश केसी र लायन्स क्लब अफ लहान फूलबारीका अध्यक्ष शंकरप्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूले आफ्ना परम्परागत परिकारहरू तयार गरी शिक्षकहरूलाई प्रसाद स्वरूप अर्पण गरे । यसले बालबालिकामा आफ्नो परम्पराप्रति गर्व र सम्मानको भावना जागृत गरेको आयोजकले जनाएको छ ।
वि.सं. २०७२ मा स्थापना भएको विद्यालयले ८०० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयका अध्यक्ष निरज कुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको नेतृत्वमा यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
विद्यालयका संस्थापक शेयर सदस्यहरूमा पशुपति कुमार भट्ट, अशोक चौधरी, फैज अहमद, सुभ नारायण यादव, राम बाबु साह र संजीप गुप्ता रहेका छन् ।
कार्यक्रमको समापनमा अतिथिहरूले सांस्कृतिक संरक्षण र सामाजिक एकताको महत्त्वबारे चर्चा गर्दै विद्यालयका प्रयासको प्रशंसा गरेका थिए ।