२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सूर्य नेपाल प्रिमियर गल्फ प्रो एमको उपाधि भुवनको टिमलाई

ADV
मध्यान्ह
२०८१ असार ८ गते २०:१२
सूर्य नेपाल प्रिमियर गल्फ प्रो एमको उपाधि भुवनको टिमलाई

काठमाडौं : सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंकसहित जितेको छ । गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फरम्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठले र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कूल १५७ स्कोरमा उपाधि जितेको हो ।

१ सय ५१ अंक सहित प्रो जयराम श्रेष्ठको टिम दोस्रो भयो । जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्र कुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे ।

प्रो सञ्जय लामाको टिमले १ सय ४२ अंक सहित तेस्रो स्थान प्राप्त ग¥यो । सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सदभाव आचार्य र रविन्द्र तिवारीले ३६ र लिला जङ्ग कार्कीले ३५ अंक जोडे ।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन् । उनले ३८ अंक बनाएकी थिइन् । प्रतियोगितामा सदभाव आचार्यले लङगेस्ट ड्राइभ र निशल्य जङ्ग रायमाझीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते ।

प्रतियोगितामा २५ प्रोसहित कूल १४० खेलाडीको सहभागिता रहेको थियो । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रा.लि.का म्यानेजिङ डाइरेक्टर रवि रायवरम, मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी, पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे । टंकबहादुर कार्कीले होल नम्बर ८ मा होल इन वन गरे ।

शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए । सुवास प्रो टर्न भएपछि जितेको यो पहिलो उपाधि हो । उनले टुरमा कुल ६ प्रतियोगिता जितिसकेका छन् । भुवन नगरकोटी र निरज तामाङ १४ अन्डर २७४ मा संयुक्तरूपमा दोस्रो, तथा दिनेश प्रजापति र तोरणविक्रम शाही क्रमशः चौथो र पाँचौं भए ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनकै सर्वाधिक ठूलो प्रतियोगिताको पुरस्कार राशि १५ लाख ५० हजार रहेको थियो । प्रतियोगितामा कूल ३७ प्रो तथा ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise