२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

परिवर्तन गाउँपालिकाले ल्यायो ४४ करोड ५७ लाख ११ हजारको बजेट

draupadi film
सुर्य प्रकाश बुढा मगर
२०८१ असार १० गते १८:३०
परिवर्तन गाउँपालिकाले ल्यायो ४४ करोड ५७ लाख ११ हजारको बजेट

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४४ करोड ५७ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्थाअनुसार सोमबार परिवर्तन गाउँपालिकाको १७ औं गाउँसभाबाट बजेट सार्वजनिक गरिएको हो ।

परिवर्तन गाउँपालिका -२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले १७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८ करोड ६० लाख , शर्शत अनुदान चालु तर्फ १९ करोड २० लाख ३८ हजार,सशर्त अनुदान पुजीगत तर्फ ३ करोड ७२ लाख, समपुरक अनुदान ६० लाख र राजश्व बाँडफाँड बापतको ९ करोड ४५ लाख गरी कुल ४१ करोड ५७ लाख ३८ हजार बजेट परिवर्तन गाउँपालिकालाई  प्राप्त भएको बताएका छन् ।  

प्रदेश सरकारबाट समानीकरण अनुदान ५५ लाख ३४ हजार , राजश्व बाँडफाँड बापत ३३ लाख ८९ हजार, समपुरक अनुदान ७० लाख सशर्त अनुदान १ करोड ५ लाख गरि कुल २ करोड ६४ लाख २३ हजार रुपैयाँँ अनुमानित बजेट परिवर्तन गाउँपालिकालाई प्राप्त भएको बताए  । 

आगामी आर्थिक वर्ष २०८१/०८२ मा परिवर्तन गाउँपालिकाले गाउँपालिकाको आन्तरिक आम्दानी ३५ लाख ५० हजार हुने प्रक्षेपण गरेको छ । कुल बजेट ४४ करोड ५७ लाख ११ हजार रुपैयाँँ मध्ये चालु तर्फ २९ करोड ७२ लाख ८० हजार ३ सय ६० रुपैयाँ अर्थात् ६६ प्रतिशत रहेको छ ।

पुँजीगततर्फ १४ करोड ८४ लाख ३० हजार ६ सय ४० रुपैयाँँ अर्थात ३४ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा कार्यालयका लागि अनिवार्य अनुदान न्युनतम बजेट रु १६ लाख र वडाको भूगोल, जनसंख्या, आन्तरिक राजश्वको अवस्थालाई मुख्य सूचक सहितको शुत्रमा आधारित हुने गरी सबै वडाका स्थानीयको सहभागितामा छनोट भई आएका योजनालाई प्राथमिकता दिने गरी रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । 

जसमध्ये परिवर्तन गाउँपालिका -१ कुरेलीमा २७ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ रहेकोे छ । परिवर्तन गाउँपालिका वडा न. -२ राङ्सीमा २७ लाख ९८ हजार ६ सय ११ रुपैयाँ,वडा न. -३ इरिबाङ्मा २२ लाख ५७ हजार ८ सय ५५ रुपैयाँ,वडा न. -४ पाछाबाङ्मा २६ लाख ५४ हजार २ सय ४२ रुपैयाँ,वडा न. -५ राङ्कोटमा २५ लाख ९ हजार ५ सय ५७ रुपैयाँ,वडा न. -६ इरिबाङ्मा २० लाख ४५ हजार ६ सय ६२ रुपैयाँ रहेको छ । 

शिक्षा,स्वास्थ्य, रोजगारी,कृषि तथा पशु क्षेत्रको विकास,उद्यम प्रवर्द्धन तथा पूर्वाधार विकास, विपद व्यवस्थापन, पर्यटन, सूचना तथा सञ्चार, लैगिंक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा, न्याय तथा मेलमिलाप साथै कर्मचारीहरुको उत्प्रेरणा तथा क्षमता अभिवृद्धिलाई राखी नीति कार्यक्रम तथा बजेट ल्याइएको परिवर्तन गाउँपालिकाले बताएको छ । 

गाउँपालिकाभित्र रहेका राष्ट्रिय गौरवका आयोजना तथा दिगो विकासलाई आत्मसात गर्दै बजेट विनियोजन गरिएको पालिकाले बताएको छ । परिवर्तन गाउँपालिकाको आगामी आर्थिक १७ औं गाउँसभामा असार ८ गते पेश भएको परिवर्तन गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट बहुमतले पारित भएको छ । 

सभाध्यक्ष सुक बहादुर बुढा मगरले राखेको नीति कार्यक्रम तथा बजेट माथि उपस्थित वडा सदस्यहरुलाई कुनै असन्तुष्ट र संशोधन गर्नुपर्ने समय राखिएकोमा कुनै पनि वडा सदस्यको असहमति नभएकोले गाउँसभाबाट सबै सदस्य हरूले तालिम बजाएर पारित गरेका छन् ।

आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐन परिवर्तन गाउँपालिका गाउँसभा सदस्य तथा परिवर्तन गाउँपालिका -३ का वडा अध्यक्ष खिम विक्रम चन्दले गरेका थिए । आर्थिक ऐनसमेत बहुमतले पारित गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को  विनियोजन ऐन गाउँसभा सदस्य तथा परिवर्तन गाउँपालिका -२ का वडा सदस्य उत्सीपा विकले गरेकी थिइन् । विनियोजन ऐन पनि बहुमतले पारित भएको छ । 

आर्थिक बर्ष २०८०/०८१ मा बनाएका कार्यविधि र विधेयकमासमेत गाउँसभामा प्रस्तुत गरिएको थियोे । विधेयक निर्माण नभएको र बनेका १५ कार्यविधीमा छलफल गरी केही कार्यविधि पारितसमेत गरिएको छ । गाउँसभाको सभाध्यक्ष,सञ्चालन तथा समाप्न परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise