२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

बिहीबारदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते २१:५०
बिहीबारदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै

काठमाडौं : स्वदेशी उत्पादन तथा सेवाहरूको प्रवर्द्धन र व्यापार गर्ने उद्देश्यले बृहत् प्रदर्शनी आयोजना हुने भएको छ । माघ १० गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो मेला आयोजना हुन लागेको हो । मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना इन्टरनेशनल एक्स्पोको पनि आयोजना हुँदैछ । यो मेलालाई नेपाल पस्मिना उद्योग संघले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहने नेपाल पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए ।

मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू रहने उनले बताए । मुस्ताङबाट च्यांग्रा ल्याएर फाम टू फाइबर, फाइबर टू फेसन देखाउने उनको भनाइ छ । पस्मिना मेला नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । 

नेपाल उद्योग परिसंघ (सिएनआई) मेलाको सहआयोजकका रूपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेका छन् । मेलालाई राइजिङ नेपाल र इभेन्ट सन्सारले व्यवस्थापन गर्ने मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले नेपाली पस्मिना पुरानो र नेपाली सिपमा आधारित भए पनि प्रचारप्रसार र व्यापार हुन नसकिरहेकोले यसको प्रवर्द्धन गर्नुपर्छ भनेर नै केन्द्रले मेलामा चासो राखेको बताए ।

स्वदेशी उद्योगलाई बचाउने, प्रवर्द्धन गर्ने लक्ष्यमा यो मेलाले सहयोग गर्ने नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाको भनाइ छ । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन गर्न यो मेलाले सहयोग गर्ने उनले बताए । मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको र माघ १० गते बिहान ९ः३० बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापक केसीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise