एजेन्सी : पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ ।
घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार दिउँसो पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा बम विस्फोट भएको थियो । गएको नोभेम्बरमा युद्धविराम भंग गरेको पाकिस्तानी तालिबानले यो विस्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies