काभ्रे : सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा माघ ९ गते हेटौँडा उपमहानगरपालिका–८, कमानेमा अवस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै, शाखा कार्यालय पालुङको आयोजनामा माघ १० गते थाहा नगरपालिका–३, घट्टेचौरमा अवस्थित जनकल्याण माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यमिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो ।
बैंकको तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।