२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

अनुशासनपूर्वक खेल खेल्न सभामुख घर्तीको आग्रह

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८१ माघ १८ गते २२:२२
Shares
अनुशासनपूर्वक खेल खेल्न सभामुख घर्तीको आग्रह

रोल्पा : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अनुशासनपूर्वक खेल खेल्न सुझाव दिएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई शुक्रबार शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका–५ धामाचौरमा उद्घाटन गर्दै उनले खेल जित्नु मात्र ठूलो कुरा नभई खेल अनुशासनपूर्वक खेल्नु पनि ठूलो कुरा भएको बताए ।

मगरले भने। ‘खेलमा एक पक्षको जीत र अर्को पक्षको हार स्वभाविक भएकोले मैले जितें भनेर मख्ख पर्न र हार्नेले पनि मैले हारें भनेर निराश हुनुहुँदैन ।’ 

उनले मित्रवत् भावनाका साथ खेल खेल्नु राम्रो पक्ष भएको बताउँदै खेलकुद स्वास्थ्यका र राष्ट्रका लागि भएको उल्लेख गरे ।

‘शारीरिक स्वस्थ्यका लागि मात्र नभई मानसिक, भावनात्मक र संवेगात्मक रूपमा स्वस्थ्य हुन आवश्यक छ,’ उनले भने ।  

नेपालका ७ सय ५३ वटा स्थानीय तह तथा लुम्बिनी प्रदेशको १ सय ९ स्थानीय तह मध्ये परिवर्तन गाउँपालिका पनि एक भएको उनले भने ।

गाउँका दुर दराजमा लुकेर रहेका विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्न नै सरकारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको पनि उनले बताए ।

गाउँपालिका भित्रका विद्यार्थीहरू खेललाई यस्ता प्रतियोगितामा समावेश गराएर उनीहरूमा भएको क्षमताको एक अर्कोसँग प्रतिस्पर्धा गराई छनोट भएका खेलाडी आगामी दिनमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने अवसर समेत पाउने उनले जिकिर गरे ।

स्थानीय सरकारले खेलाडी मात्र नभई, दक्ष शिक्षक, जनशक्ति, इन्जिनियर, डाक्टर, पाइल्ट र समाजमा असल व्यक्ति उत्पादन गर्न समेत उनले आग्रह गरे ।
परिवर्तन गाउँपालिका आफैंमा ऐतिहासिक पालिका भएको र राष्ट्रिय राजनीतिमा यो क्षेत्रबाट ठूलो योगदान गरेको समेत स्मरण गरे ।

ताजा खबर

सम्बन्धित खबर