प्यूठान : निर्वाचनको संघारमा रहेको नेपाल पत्रकार महासंघले प्रकाशित गरेको मतदाता नामावलीमाथि असहमति जनाउँदै नेपाल प्रेस युनियन देशभर आन्दोलित भएको छ । युनियनले शुक्रबार राति नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । यता महासंघ जिल्ला शाखा प्यूठानमा पनि प्रेस युनियन प्यूठानले तालाबन्दी गरेको छ ।
यसैबीच प्रगतिशील पत्रकार संगठन नेपाल प्यूठानले पनि महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघको निर्वाचन जबरजस्ती अगाडि बढाउन खोज्ने र आस्था र बिचारको आधारमा सदस्य हटाउने र राख्ने प्रवृत्ति महासंघ केन्द्रीय समितिले गरेको भन्दै महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गरिएको प्रेस युनियन र प्रगतिशील पत्रकार संगठनले जनाएका छन् ।
दुवै संगठनले विज्ञप्ति जारी गर्दै सदस्यता विवाद समाधान गरी क्रियाशील पत्रकारहरुको नाम समावेश गर्न आग्रह गरेका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको महासंघका सदस्यहरुको नामावलीमा नियतवस छुटाइएकाला२ समावेस गर्नुपर्ने र राखिएका गैरसदस्यहरुला२ हटाउनुपर्ने माग दुवै संगठनको छ । माग पूरा नभए महासंघको निर्वाचन बहिस्कार गर्ने र जबरजस्ती निर्वाचन गराए अनिश्चितकालीन तालाबन्दी गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।