२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

आर्मीलाई पराजित गर्दै पुलिसले हात पार्‍यो सनस्टार कपको उपाधि

hardik ivf
सुर्य प्रकाश बुढा मगर
२०८१ फागुन १४ गते २१:२०
आर्मीलाई पराजित गर्दै पुलिसले हात पार्‍यो सनस्टार कपको उपाधि

रोल्पा : नेपाल पुलिस क्लबले सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । रोल्पाको लिबाङको टुँडिखेलमा बुधबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पाँच सेटमा खेल भएको थियोे । जसमा पहिलो सेट २५–१८, दोस्रो २०–२५, तेस्रो २५–१४ र चौथो सेट २५–२३ को अंक अर्थात ३-१ सेटले पुलिस क्लबले जित हासिल गरेको हो । नेपाल पुलिस क्लबले पाँच लाख रुपैयाँ नगद पुरस्कारसँगै सनस्टार कप र मेडल हात पारेको छ । फाइनलमा पराजित त्रिभुवन आर्मी क्लबले दुई लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ ।

No description available.

प्रतियोगितामा कोशी प्रदेश तेस्रो र लुम्बिनी प्रदेश चौथो भएका छन् । कोशी र लुम्बिनीबीच पहिलो सेट २६–२४, दोस्रो १६–२५, तेस्रो २५–१६ र चौथो २८–२६ को अंक अर्थात ३-१ सेटले कोशीले जित हात पारेको हो । तेस्रो हुने कोशीले एक लाखसहित ट्रफी र मेडल तथा चौथो हुने लुम्बिनीले ५० हजार रुपैयाँसहित मेडल हात पारेकाे सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए ।

सनस्टार युवा क्लब रोल्पाको १३औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पोलिस क्लब र चार प्रदेशका टिम कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा आयोजक सनस्टार युवा क्लब गरी ७ टिमको सहभागिता रहेको थियो ।

No description available.

त्यस्तै जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ । महिला भलिबलको उपाधि परिवर्तन गाउँपालिकाले हात पारेको छ । सुनिलस्मृति गाउँपालिकालाई ३-० सेटले पराजित गर्दै परिवर्तनले उपाधि जितेको हो । परिवर्तन गाउँपालिकाले ५५ हजार रुपैयाँ, ट्रफी र मेडल हात परेको छ भने सुनिलस्मृतिले ३५ हजार रुपैयाँ ट्रफी र मेडल हात पारेको छ ।

रोल्पा नगरपालिका र लुङ्ग्री गाउँपालिका तेस्रो र चौथो भएका छन् । तेस्रोले १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा चौथोले १० हजार रुपैयाँ र मेडल हात परेको आयोजकले जानकारी गराएको छ । जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा रोल्पा जिल्लाभित्रका स्थानीय तह थबाङ, परिवर्तन माडी, त्रिवेणी, सुनिलस्मृति, लुङ्ग्री, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका गरी आठ टिमले सहभागिता जनाएका थिए । रोल्पाका दुई स्थानीय तह गंगादेव र रुन्टिगढी गाउँपालिका भने सहभागी नभएको आयोजकले जनाएको छ ।

No description available.

No description available.

ADV

सम्बन्धित खबर

Advertise