काठमाडौं : आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा दाबी गर्ने संसद्को पहिलो राजनीतिक दल नेपाली कांग्रेसले भ्रातृ संगठनहरू तदर्थवादमै अल्झाएर ‘कोमा’मा पुु¥याएको छ । वर्षौंदेखि तदर्थवादको सिकारले ‘कोमा’मा पुगेका भ्रातृ संगठनहरूको महाधिवेशन अझै पनि नेताहरूकै कारणले रोकिँदै आएको हो ।
पार्टीका भ्रातृ संगठनलाई विधि र विधानभन्दा पनि गुटगत स्वार्थ र तदर्थवादमा संचालन गर्ने यो वा त्यो बहानाले निरन्तरता पाउँदा कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूको महाधिवेशन वर्षौंदेखि हुन नसकेको नेताहरूले स्वीकार गरेका छन् ।
पार्टीको मेरुदण्डका रूपमा रहेका भ्रातृ संगठनको महाधिवेशन समयमै नहुँदा पार्टीलाई बलियो बनाउन र युवा, विद्यार्थी, महिला, किसानहरूमा ऊर्जा थप्न सकेको छैन । भ्रातृ संगठनहरूको महाधिवेशन वर्षौंसम्म नगर्दा पार्टीमा नवप्रवेशीहरूको कमी हुने र पार्टीलाई विभिन्न क्षेत्र तथा समुदायमा जागृत गराउन कठिन हुने नेताहरूले बताउँदै आएका छन् ।
पार्टी संस्थापन पक्षका नेताहरूले आफ्नो पक्षमा भ्रातृ संगठनको नेतृत्व ल्याउने अवस्था भए मात्र महाधिवेशन गर्ने नत्र फेरि अर्को तदर्थ समिति नै ल्याउन खोजेको एक केन्द्रीय सदस्यले बताए । उनले मध्यान्हसँग भने, ‘अहिले पनि पार्टीको मूल नेतृत्व भ्रातृ संगठनमा आफूअनुकूल बनाउन सकिन्छ कि सकिँदैन भनेर पर्खेको जस्तो देखिन्छ । यदि आफ्ना पक्षमा नआउने अवस्था रहे महाधिवेशन नगरी अर्को तदर्थ समिति ल्याउनेतर्फ पनि नेतृत्वको नजर गएको छ ।’
नेता उत्पादनको नर्सरीका रूपमा खडा भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघलगायत भ्रातृ संगठनहरूको महाधिवेशन हुन नसक्दा पार्टीको शाख क्षयीकरण हुँदै गएको भन्दै कांग्रेसका केन्द्रीय नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
‘पार्टीको मुख्य जिम्मेवारीमा रहेका नेताहरूले भ्रातृ संगठन महाधिवेशन समयमै गर्न निर्देशन दिनुपर्ने केही ढिला भएको छ’, कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय लोकतान्त्रिक अपांग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक मधु आचार्यले भने, ‘यो विषय पार्टीका लागि सुखद होइन, यद्यपि पछिल्लो पटक केन्द्रीय समितिले निर्देशन समिति बनाएर जिम्मेवारी दिएपछि केही कामहरू भएका छन् । केही संगठनको अधिवेशन सकिएको छ भने राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अधिवेशन चैतको पहिलो हप्तामा सकिनेगरी प्रदेश अधिवेशनहरू सम्पन्न हुने क्रममा छन् ।’ नेविसंघ, तरुण दलमा अझै समस्याहरू भएकाले निर्देशक समितिका नेताहरूले बढी काम गर्नु जरुरी रहेको उनको भनाइ छ ।
नियमित महाधिवेशन नगरेका १० वटा भ्रातृ संगठनलाई पार्टीको कार्यसम्पादन समिति बैठकले ३ फागुन २०७८ मा भंग गरेको थियो । त्यसबेला नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय समिति विघटन गरिएको थियो ।
पछि महाधिवेशन गर्ने निश्चित अवधि तोकेर सबै संगठनलाई पुनर्गठन गरिएको थियो । नेविसंघ, तरुण दल, महिला संघको २०७३ सालपछि महाधिवेशन भएको छैन । त्यस्तै, नेपाल किसान संघको २०६४ सालपछि महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल भूतपूर्व सैनिक संघसहितका भ्रातृ संगठनहरूको अवस्था पनि उस्तै छ ।
पार्टी केन्द्रीय सदस्य एवं नेविसंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति सदस्य प्रतितमा गौतमले पछिल्लो समय संगठनका अध्यक्षहरूले महाधिवेशन पूर्वतयारीका लागि सक्रियता बढाएको बताइन् । उनले भनिन्, ‘सबै भ्रातृ संगठनलाई चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न पार्टीले निर्देशन गरिसकेको छ । सोहीअनुसार तरुण दल र महिला संघले पूर्णकालप्न सदस्यता वितरण प्रक्रिया अघि बढाएका छन् । नेविसंघ ५ चैतमा हुने स्ववियुु निर्वाचनको तयारीमा लागेका कारण केही ढिला भएको छ भने किसान संघलगायत अन्य संगठनहरू पनि अधिवेशनको तयारीमा लागेका छन् ।’
विगत १० वर्षदेखि महाधिवेशन हुन नसकेका नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन गराउने जिम्मेवारीसहित गत १६ असोजमा पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीको नेतृत्वमा २÷२ केन्द्रीय सदस्य रहनेगरी ३ वटा निर्देशन समिति गठन गरेर महाधिवेशन गराउने सम्मको जिम्मेवारी दिएका थिए ।
सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा नेविसंघ, सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा नेपाल महिला संघ र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को संयोजकत्वमा नेपाल तरुण दलको महाधिवेशन निर्देशन समिति बनाइएको छ ।
नेपाल दलित संघ महाधिवेशन निर्देशक समितिका सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा रहेको छ । त्यस्तै, ८ देखि १७ वर्षसम्म महाधिवेशन नभएका संगठनहरूको समेत महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेर निर्देशन समिति बनाएको छ ।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले महिला संघको महाधिवेशन तयारीका लागि निर्देशन समिति अरूभन्दा २ महिना ढिला गरी आएकाले महाधिवेशनको प्रक्रिया ढिला हुन पुुगेको बताइन् । ‘पार्टीले निर्देशन समिति आएपछि मात्र महाधिवेशन लक्षित गतिविध अघि बढाउनूू भन्ने निर्देशन गरे पनि हामीले सदस्यता वितरणलगायतका काम ढिला गरी सुरु ग¥यौं’, उनले भनिन्, ‘यद्यपि, जिल्ला जिल्लामा सदस्यता वितरणको काम भइरहेको छ । १ महिनाभित्र महाधिवेशन पूर्वतयारीका सबै कामहरू सक्नेगरी अघि बढेका छौं । प्रदेश संरचनाको महाधिवेशनसमेत पहिलो पटक हुने र १२ वर्षदेखि अधिवेशन हुन नसक्दा देखिएका सांगठनिक समस्याहरूसमेतलाई व्यवस्थित गर्नुपर्ने अवस्थाले महाधिवेशन केही ढिला हुन्छ तर अव रोकिँदैन ।’
भ्रातृ संगठनको महाधिवेशन निर्देशन समितिले महाधिवेशन लक्षित गतिविधि गरे पनि पार्टीका मूल संगठनको महाधिवेशनको तयारी नपुुगेको केन्द्रीय सदस्य अजयबाबुु शिवाकोटीले टिप्पणी गरे । ‘यही अवस्थामा नेविसंघ, तरुण दल र महिला संघसहित भ्रातृ संगठनको अधिवेशन चैतभित्रमा हुन सक्ने अवस्था नरहेकाले सम्बन्धित संगठनका प्रमुख र निर्देशक समितिले थप तदारुकतासाथ काम गर्नुपर्छ’, उनले भने । अहिलेसम्म नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र प्रजातन्त्र सेनानी संघको मात्र महाधिवेशन सम्पन्न भएको छ । अरू भ्रातृ संगठनहरू महाधिवेशनको तयारीमा जुटेका नेपाली कांग्रेसले जनाएको छ ।