२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

कांग्रेस उपसभापति गुरुङको प्रस्तावः पार्टीमा युवाहरुका लागि छुट्टै कोटाको व्यवस्था गरौँ

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १७:०७
कांग्रेस उपसभापति गुरुङको प्रस्तावः पार्टीमा युवाहरुका लागि छुट्टै कोटाको व्यवस्था गरौँ

काठमाडौंः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरुको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरुले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरुको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् । उपसभापति गुरुङले पार्टीमा युवाहरुलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरुलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे । 

उपसभापति गुरुङले भने, ‘यो सकारात्मक छ । किनभने युवाहरुलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरुलाई निश्चित कोटा छुट्टयाइएको छैन विधानमा । त्यो छुट्टयाउनु पर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्टयाउन आवश्यक छ । युवा पंक्तिवाई इग्नोर गर्नु हुँदैन । युवाहरुको सहभागिताको लागि केन्द्रीय समिति सम्म तलदेखिमाथिसम्म निश्चित कोटानै छुट्टयाउनु पर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्टयाइएको छ । त्यसै अनुसार युवाहरुको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ ।’

कांग्रेसका कार्यकर्ताहरु युवाहरुको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरुको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाइ थियो । 

ADV

सम्बन्धित खबर

Advertise