२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

राष्ट्रपति पौडेलले जेनजी टोलीसँग आज छलफल गर्दै 

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ०९:४४
राष्ट्रपति पौडेलले जेनजी टोलीसँग आज छलफल गर्दै 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज जेनजीको टोलीसँग छलफल गर्दैछन् । छलफलका लागि उनीहरूलाई बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन्। आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने जनाइएको छ । 

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए । बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise