२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

एमालेको सचिवालय बैठक आज पनि बस्दै

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ०८:१५
एमालेको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ ।  बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्दैछ । 

शुक्रबारको बैठकमा ८ पदाधिकारीले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने धारणा राखेका थिए । 

यस्तै, उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा बादल लगायतले विद्या भण्डारीको सदस्यताको निर्णय सच्याउनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले संकटको समयमा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने बताएका थिए । 

आजको बैठकमा बाँकी नेताहरुले आ-आफ्नो धारणा राखेपछि निर्णय गरिने बताइएको छ । साथै आजको बैठकमा महाधिवेशन सम्बन्धी प्रस्ताव समेत आउने उपमहासचिव ज्ञवालीले बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise